भारतीय संसद्‍मा राखिएको नक्साबारे कुरा उठाएको हुँ : प्रधानमन्त्री

हिमाल प्रेस २४ जेठ २०८० १२:३६
4
SHARES
भारतीय संसद्‍मा राखिएको नक्साबारे कुरा उठाएको हुँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद् भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न भनेको जबाफ आएको पनि बताए। उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए।

‘पहिलो कुरा भारतीय संसद्को नक्साबारे कुरा भयो। मैले गम्भीर रूपमा नै उठाए,’ उनले भने, ‘कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =