सरकारमा सहभागी हुनेबारे छलफल गर्न माधव नेपालको पार्टीद्वारा कार्यदल गठन

हिमाल प्रेस ७ चैत २०७९ १५:३८
सरकारमा सहभागी हुनेबारे छलफल गर्न माधव नेपालको पार्टीद्वारा कार्यदल गठन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कार्यदल गठन गरेको छ। पार्टीले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदल गठन गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले कार्यदल गठन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल गर्न कार्यदल गठन गरिएको बताए।

मंगलबारको बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारे पनि छलफल भएको बताए। ‘सरकारमा जाने विषयमा निर्णय भएको छ। पार्टी सत्तापक्षमा बसिसकेको छ,’ उनलेभने, ‘सरकारमा जाने र यसबारे बृहत ढंगले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरिएको छ।’

प्रकाशित: ७ चैत २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =