माघमा पार्टी महाधिवेशन गर्न माधव नेपालको प्रस्ताव

हिमाल प्रेस ५ साउन २०८० ८:०७
6
SHARES
माघमा पार्टी महाधिवेशन गर्न माधव नेपालको प्रस्ताव फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी माघमा पार्टी महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले यस्तो प्रस्ताव गरेका हुन्।

सदस्यहरूले फागुन, मंसिरमा महाधिवेशन गर्नुपर्ने बताए पनि अध्यक्ष नेपालले सबै आन्तरिक तयारीसहित माघमा पार्टी महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।

०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एसले पहिलो महाधिवेशनको गृहकार्य गरिरहेको हो।

शुक्रबारदेखि सुरु भएको बैठक जारी छ।

प्रकाशित: ५ साउन २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =