‘नेपाल फाईभ पी’ अन्तर्राष्ट्रिय प्रर्दशनी चैत १० गतेदेखि

हिमाल प्रेस ६ चैत २०७९ १८:५६
6
SHARES
‘नेपाल फाईभ पी’ अन्तर्राष्ट्रिय प्रर्दशनी चैत १० गतेदेखि

काठमाडौँ– मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा ‘नेपाल फाईभ पी’ अन्तर्राष्ट्रिय प्रर्दशनीकाे तेस्रो स‌स्करण चैत १० गतेदेखि हुने भएको छ।

फाइभ पी अर्थात् प्लास्टिक, पेपर, प्रिन्टिङ प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित व्यापारव्यवसायलाई एकै ठाँउमा ल्याउने मञ्च उपलब्ध गराउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमार्फत व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन तथा संवादमा बढोत्तरी हुने आयोजकको भनाइ छ। काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनी १२ गतेसम्म चल्नेछ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहनेछन्।

प्रर्दशनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधिलगायतले आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर प्राप्त हुने अपेक्षा आयोजकले गरेको छ।

प्रदर्शनीमार्फत उक्त पाँच क्षेत्रमा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसर प्रदान गर्ने विश्वास लिइएको छ। त्यस्तै नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकको विश्वास छ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहआयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ छन्।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप उत्पादक संस्थाहरूको सहभागिता हुनेछ।

त्यस्तै प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयरपार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता प्रदर्शनीमा हुनेछ। ‘सप्लायर्स र उत्पादकहरूको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउने आयोजकको दाबी छ। त्यस्तै संसारका राम्राराम्रा प्रविधि भित्र्याउने अवसर पनि हुने आयोजकले बताएको छ।

प्रकाशित: ६ चैत २०७९ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =