एमालेलाई माओवादीका पौडेलले भने : कांग्रेस ठूलो दल हो भन्ने कुरा धरहराबाट हेर्ने कि सगरमाथाबाट?

हिमाल प्रेस ६ चैत २०७९ १५:०१
162
SHARES
एमालेलाई माओवादीका पौडेलले भने : कांग्रेस ठूलो दल हो भन्ने कुरा धरहराबाट हेर्ने कि सगरमाथाबाट?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमालेले राष्ट्रिय सहमतिको कुरा गर्दा एक्लै जान खोज्दा गठबन्धन टुट्न गएको बताएका छन्। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनेक्रममा सदनमा भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ,’ उनले भने, ‘यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?’

केपी ओलीले संसद् विघटन गलत हो भनेर सर्वोच्च अदालतले पुन:स्थापना गरिसके पनि एकोहोरो सही थियो भन्ने प्रवृत्त‍ि कायम राखेर पनि समस्या भएको उनको भनाइ छ।

‘विगतमा दुई/दुई पटकसम्म यो सम्मानित सदन विघटन भयो। कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ? कुन धारामा लेखिएको छ? जवाफ दिन सक्नुहुन्छ? अनि साथीहरू माननीयज्यूहरू यहाँ आएर बोल्नुहुन्छ मैले त बहादुरी गरेँ,’ उनले भने, ‘मैले राम्रो गरेँ। त्यसको निम्ति लाहाछाप लाउनलाई, पछि बनेको निर्वाचनबाट आएको सदनले त्यही कुरालाई सदर गर्नको निम्ति यो प्रतिनिधिसभा पछि निर्वाचनबाट आएको हो र?

प्रकाशित: ६ चैत २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =