नेपाल-बंगलादेश कलासंस्कृति महोत्सव २०२३ सम्पन्न

हिमाल प्रेस ४ चैत २०७९ २१:५२
4
SHARES
नेपाल-बंगलादेश कलासंस्कृति महोत्सव २०२३ सम्पन्न

काठमाडौँ- नेपाल-बंगलोदश कला तथा संस्कृति महोत्सव सम्पन्न भएको छ। गत फागुन ३० गतेदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो। महोत्सवको समापन कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले संस्कृति र भाषाले दुई मुलुकबीचका सर्वसाधारणको सम्पर्क थप सुदृढ बनाउने भन्दै त्यसका लागि यस किसिमका महोत्सव महत्त्वपूर्ण हुने बताए।

कार्यक्रममा बंगलोदशका सांसद शमसुल हक टुकुले नेपाल र बंगलादेशका आयोजक र कलाकारहरूले गरेको प्रयासको प्रशंसा गरे। कलासंस्कृतिले मित्रता र आपसी समझदारी प्रवर्द्धन गर्ने भएकाले थप कलात्मक र सांस्कृतिक आदानप्रदान आवश्यक रहेको उनले बताए।

बंगलादेशका सांस्कृतिक मामिला मन्त्रालयका सचिव मोहम्मद अबुल मन्सूरले नेपाल र बंगलादेशबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै कला र संस्कृतिको क्षेत्रमा सहकार्य बढाउन आग्रह गरे।

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा बंगलादेशस्थित नेपाली दूतावास र बंगलादेश-नेपालमैत्री समाजले बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा महोत्सव आयोजना गरेको हो।

महोत्सवमा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय कला ग्यालेरीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृतिहरू पाँच दिनसम्म प्रदर्शन गरिएका थिए।

कार्यक्रममा नेपाल र बंगलादेशका कलाकारहरूले परम्परागत नृत्य, लोकगीत र सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।

प्रकाशित: ४ चैत २०७९ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =