अशोक लेल्यान्डको ‘दोस्त’ सवारीसाधनमा ‘५ वर्षको वारेन्टी’

हिमाल प्रेस २ चैत २०७९ २०:०१
2
SHARE
अशोक लेल्यान्डको ‘दोस्त’ सवारीसाधनमा ‘५ वर्षको वारेन्टी’

काठमाडौँ- आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकलाई लक्षित गरी आफ्नो हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा पाँच वर्षको वारेन्टी घोषणा गरेको छ।

उक्त वारेन्टी अटोमोबाइल क्षेत्रकै सम्भवत सबैभन्दा बढी वारेन्टी रहेको कम्पनीले दाबी गरेको छ। उक्त घोषणा सवारीसाधन उत्पादक कम्पनी आफैले घोषणा गरेको वास्तविक वारेन्टी रहेको र एक्सटेन्डेड नरहेको कम्पनीको दाबी छ।

यसले ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढाउने अपेक्षा कम्पनीले गरेको छ। उक्त वारेन्टी एलसीभी अर्थात लाइट कमर्सियल भेइकलको बजारमा सबैभन्दा प्रतिस्पर्धी वारेन्टी रहेको पनि कम्पनीले बताएको छ। ‘कम्पनीले प्रदान गर्ने घोषणा गरेको नयाँ वारेन्टी बेस्ट इन सेगमेन्ट हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले दोस्तको पर्फमेन्स बढाउन सहयोग गर्ने सबै रेञ्जका कम्पोनेन्टहरूलाई यसले कभर गर्नेछ।’

यो वारेन्टी अन्तर्गत इञ्जिनका साथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प र इञ्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर÷रेडिएटर कोर र कुलिङ फ्यान क्लच लगायतका प्रमुख उपकरण सबैमा कभर हुने कम्पनीको भनाइ छ।
साथै गियरबक्स, रियर र फ्रन्टएक्सल, इञ्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटरलगायत इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ।

नयाँ अफरबारे आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले उत्पादक कम्पनीले घोषणा गरेको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र यो सेगमेन्टकै सबैभन्दा राम्रो रहेको दाबी गरे। ‘धेरै कम्पनीहरूले ३ वर्षको मात्रै वारेन्टी दिइरहेको अवस्थामा अशोक लेल्यान्डको यो अर्को ठूलो कदम हो,’ उनले भने, ‘जसले आफ्नो उत्पादनमा विश्वसनीयताका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारीसाधन सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ।’

सबै प्रमुख कम्पोनेन्ट समेट्ने वारेन्टी प्याकेज प्रदान गरेर कम्पनीले आफ्ना ग्राहकहरूलाई झन्झटमुक्त बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ।

नेपालभरका अशोक लेल्यान्डका सबै डिलरसिप र सर्भिस स्टेसनहरूमार्फत उक्त वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ।

प्रकाशित: २ चैत २०७९ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =