पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम

हिमाल प्रेस १९ चैत २०७९ १४:००
6
SHARES
पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम

पोखरा– आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले पोखरामा अशोक लेल्याण्डको नयाँ शोरुम सञ्चालन गरेको छ। पर्सयाङमा रहेको शोरुमले सेल्स, सर्भिस र स्पेयरको सुविधा दिनेछ।

आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले नयाँ शोरुमले ग्राहकलाई सजिलो र सहज सेवा पुर्‍याउने बताए। कम्पनीले ग्राहकको सहजताका लागि एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक र भेन्चर हायर पर्चेज प्रालिसँग कर्जा सम्झौता पनि गरेको छ।

देशभर अशोक लेल्यान्डका १८ शोरुम र ४८ स्पेयर पार्ट्स आउटलेट छन्। कम्पनीले छिट्टै ४ नयाँ स्थानमा शोरुम सुरु गर्ने जनाएको छ।

प्रकाशित: १९ चैत २०७९ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =