विद्युतीय सवारीसाधनको माग विश्वभर बढ्दो

हिमाल प्रेस १३ वैशाख २०८० २१:५१
6
SHARES
विद्युतीय सवारीसाधनको माग विश्वभर बढ्दो फाइल तस्बिर।

पेरिस- विश्वभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ। विद्युतीय सवारीसाधनको बिक्री पनि बढिरहेको सम्बद्ध कम्पनीहरूले बताएका छन्। तथ्यांकअनुसार यो वर्ष बिक्री भइरहेको ५ वटा सवारीसाधनमध्ये एउटा विद्युतीय रहेको छ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का अनुसार सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण बढेको छ। ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पारिरहेको आइईएले बताएको छ। आइईएका अनुसार चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत घट्नेछ।

हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक खपत भइरहेको छ। विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारीसाधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तरी भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन्।

विद्युतीय सवारीसाधनसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारीसाधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्नेछ। यो सन् २०२० को विद्युतीय सवारीसाधनको बजार हिस्साको तुलनामा अहिले १८ प्रतिशतले बढेको छ।

प्रतिवेदनअनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अत्यधिक छ। गत वर्ष विद्युतीय गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो। बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री बढ्ने अपेक्षा गरिएको छ।

सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ। रासस/एएफपी

प्रकाशित: १३ वैशाख २०८० २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =