टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सम्पन्न, कम्युनिकेटर अवार्ड अभिनेता हमाललाई

हिमाल प्रेस ३० फागुन २०७९ १७:४५
4
SHARES
टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सम्पन्न, कम्युनिकेटर अवार्ड अभिनेता हमाललाई

काठमाडौँ- नेपालको ४ वटा डिभिजनहरूको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ सम्पन्न गरेको छ। गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागी थिए।

उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड अभिनेता राजेश हमालले पाएका छन्।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रूपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरेका थिए।

उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता हमाललाई ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित गरिएको हो। हाल नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन्।

प्रकाशित: ३० फागुन २०७९ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =