उजुरीको खण्डन गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय

हिमाल प्रेस २८ फागुन २०७९ १०:५४
10
SHARES
उजुरीको खण्डन गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय

काठमाडौँ–  उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादव निर्वाचन अधिकृत कार्यालय पुगेका छन्। उम्मेदवारी दर्ता गरेपछि परेको उजुरीका सम्बन्धमा जबाफ दिन उनी निर्वाचन कार्यालय पुगेका हुन्।  उनलाई उजुरी खण्डन हुने सबुत प्रमाणसहित हाजिर हुन भनिएको थियो।

जसपाका सांसद यादवले १० दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन्। यादवका प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्।

यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन्।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि यादवसहित एमाले नेत्री अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपा नेत्री प्रमिला यादवले उम्मेदवारी दिएका छन्।

यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ।

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका थिए।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो। साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ।

उजुरीमा उल्लेख छ, ‘राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुन सक्छ। त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन। राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको एमालेको दाबी छ।

प्रकाशित: २८ फागुन २०७९ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =