उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

हिमाल प्रेस २७ फागुन २०७९ ९:२३
4
SHARES
उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ- उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न सत्ता गठबन्धनका नौ दलको बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको बैठकले आजकै बैठकबाट उपराष्ट्रपति टुंग्याउने नेताहरूको दाबी छ। हालसम्म गठबन्धनबाट तीन जनाको दाबी छ। गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने प्रयत्न छ।

हालसम्म जनमत पार्टीबाट ममता झा र नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादवको दाबी छ। अहिलेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमतका अध्यक्ष सीके राउत, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति छ।

गठबन्धन घटक माओवादी केन्द्रको जोड उपराष्ट्रपतिमा महिला हुनुपर्ने  छ। यही विषयमा नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सहमत छन्।

संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्ने छ।

उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ।

उपराष्ट्रपति निर्वाचनमा मतदाताको संख्या संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

प्रकाशित: २७ फागुन २०७९ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =