बागलुङमा जडीबुटीसहित दुई जना पक्राउ

हिमाल प्रेस २६ फागुन २०७९ ११:१३
6
SHARES
बागलुङमा जडीबुटीसहित दुई जना पक्राउ सांकेतिक तस्बिर।

बागलुङ- बागलुङमा जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले १३८ किलो सुनाखरी, २२ किलो जंगली च्याउ र ९ किलो वनलसुनसहित उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका-५, कारीगाउँका मिलन भण्डारी र निसीखोला-४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो। उनीहरूले जडीबुटी ओसारपसारका लागि लु १ ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए।

प्रकाशित: २६ फागुन २०७९ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =