दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ एन आई सी एशिया बैंकद्वारा हस्तान्तरण

हिमाल प्रेस २४ फागुन २०७९ १७:३६
2
SHARE
दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ एन आई सी एशिया बैंकद्वारा हस्तान्तरण

काठमाडौँ- दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ एन आई सी एशिया बैंकले उपलब्ध गराएको छ।

यस बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोलेका रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरिएको हो।

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले १० लाख रुपैयाँको चेक उनलाई हस्तान्तरण गरे। बैंकले अहिलेसम्म २ हजार ७९ जना ग्राहकलाई बीमा दाबीबापतको ७ करोड ८८ रुपैयाँ प्रदान गरिसकेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २४ फागुन २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =