सहिद स्मारक ए डिभिजन लिग : सातदोबाटोको जित लय कायमै, पुलिसको लगातार दोस्रो हार

हिमाल प्रेस २४ फागुन २०७९ १६:५९
14
SHARES
सहिद स्मारक ए डिभिजन लिग : सातदोबाटोको जित लय कायमै, पुलिसको लगातार दोस्रो हार

काठमाडौँ- अमृत श्रेष्ठले आतिरिक्त समयमा गोल गरेपछि हिमालयन शेर्पा क्लबले बुधबार नेपाल पुलिस क्लबमाथि १-० को जित दर्ता गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो भने पुलिसको लगातार दोस्रो हार।

हिमालयन शेर्पाले भने मनाङ मर्स्याङ्दीसँग १-१ को बराबरी खेलेको थियो। पुलिस यसअघि चर्च ब्वाइज युनाइटेडसँग २-१ ले पराजित भएको थियो।

दुई खेलपछी हिमालयन शेर्पाको चार अंक भएको छ भने पुलिस अंकबिहीन। बुधबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ फुटबल क्लबलाई १-० ले पन्छायो। सातबाटोको जितमा विलियम ओपोको आसिएडुले निर्णायक गोल गरेको थिए।

सातदोबाटोका लागि यो दोस्रो जित हो। पहिलो खेलमा सातदोबाटोले एनआरटीलाई पराजित गरेको थियो। एपीएफले भने पहिलो खेलमा थ्रीस्टारलाई हराएको थियो।

हिमालयन शेर्पाले पहिलो हाफमा पेनाल्टी खेर फालेको थियो। ३१औं मिनेटमा शत्रुघन चौधरीले निसान लिम्बुको पेनाल्टी बचाए। अजित भण्डारीले पेनाल्टी बक्सभित्र अबायोमी फकुन्लेलाई तानेर लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो। शत्रुघनले निसानको प्रहार रोकेपछि रिबाउण्डमा आएको बल, अमृत श्रेष्ठले प्रहार प्रहार गरेका थिए। तर बल बारमाथि गयो।

हिमालयन शेर्पाले ७१औं मिनेटमा गोलकिपर परिवर्तन गरेको थियो। पुलिसका फरवार्ड सन्देश बिकसँग ठोक्किएपछि किशोर गिरी घाइते भएका थिए।

तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमालप्रेस

प्रकाशित: २४ फागुन २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =