घट्यो सुनको मूल्य

हिमाल प्रेस २४ फागुन २०७९ ११:३८
4
SHARES
घट्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २४ फागुन २०७९ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =