राष्ट्रपति चुनावमा कांग्रेसलाई सघाउन राप्रपा सकारात्मक : उपसभापति खड्का

हिमाल प्रेस २२ फागुन २०७९ १९:३६
2
SHARE
राष्ट्रपति चुनावमा कांग्रेसलाई सघाउन राप्रपा सकारात्मक : उपसभापति खड्का

काठाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति चुनावमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने बताएका छन्। कांग्रेसले राष्ट्रपति चुनावमा सहयोग गर्न गरेको आग्रहमा राप्रपा सकारात्मक देखिएको नेता खड्काले बताएका हुन्।

सोमबार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेल, खड्का लगायतका नेताले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई आग्रह गरेका थिए।

त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको भन्दै मागप्रति राप्रपा सकारात्मक देखिएको बताएका हुन्। ‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले हामीलाइ सहयोग गर्न भन्यौँ,’ खड्काले भने, ‘उहाँहरूले अग्रिम शुभकामना दिनुभयो। सकारात्मक जवाफ आएको छ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटघाट बढाएका छन्।

प्रकाशित: २२ फागुन २०७९ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =