द्वन्द्वकालीन मुद्दा छिटो समाधान गर्न दबाब दिऔँ : डा. भट्टराई

हिमाल प्रेस २१ फागुन २०७९ २२:४६
6
SHARES
द्वन्द्वकालीन मुद्दा छिटो समाधान गर्न दबाब दिऔँ : डा. भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा छिटो समाधान गर्न दबाब दिनुपर्नेमा जोड दिएका छन्। उनले द्वन्द्वकालीन मुद्दाको बहानामा शान्तिसम्झौतामा नै भत्काएर देशलाई फेरि अर्को द्वन्द्वमा धकेल्ने भित्री र बाहिरी प्रतिगामी शक्तिहरूसँग सतर्क रहन पनि अपिल गरेका छन्।

भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘बृहत् शान्तिसम्झौताअनुसार द्वन्द्वकालीन मुद्दाहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगको कार्यक्षेत्रभित्र पर्छन्। ती काम छिटो सम्पन्न गर्न दबाब दिऊँ तर त्यसको बहानामा शान्तिसम्झौता नै भत्काएर देशलाई फेरि अर्को द्वन्द्वमा धकेल्ने भित्री र बाहिरी प्रतिगामी शक्तिहरूसँग सतर्क रहौँ।’

भट्टराईले नौ दलद्वारा केही समय यता संविधान र गणतन्त्रको विरोधमा भइरहेका आपत्तिजनक गतिविधि र संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा गिजोलेर देशमा असहज परिस्थिति सिर्जना गर्ने प्रवृत्तिविरूद्ध एकताबद्ध भएर उभिने प्रतिबद्धता गरिएको दाबी गरेका छन्।

यस्तै उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्ने बाचा गरिएको पनि उल्लेख गरेका छन्।

 

प्रकाशित: २१ फागुन २०७९ २२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast