प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत

हिमाल प्रेस ५ असार २०८३ १६:३८ | Friday, June 19, 2026
54
SHARES
प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो।

त्यसअघि विधेयकमाथिको सामान्य छलफलमा भाग दिँदै सांसदहरुले करका दर, लोककल्याणकारी कार्यक्रमलगायतका विषयमा चासो व्यक्त गरेका थिए।

आर्थिक विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउन आवश्यक नरहेको बताए। उनले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने भएकाले अनावश्यक भ्रम नराख्न आग्रह गरे। उनले वार्षिक १० लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको भन्दै दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको स्पष्ट पारे।

उनले क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकार हिम्मतका साथ अघि बढेको धारणा राखे। ठूलो जनादेश प्राप्त सरकारले बाहेक अन्य सरकारले ठूलो परिवर्तका लागि जोखिम लिन नसक्ने उनको भनाइ छ।

प्रकाशित: ५ असार २०८३ १६:३८ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast