विप्लवको चेतावनी : माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौँ

हिमाल प्रेस २१ फागुन २०७९ १५:०५
50
SHARES
विप्लवको चेतावनी : माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउँछौँ

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाउने चेतावनी दिएका छन्। सहित तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको हितका लागि लडेकालाई अपराधी भन्ने अधिकार कसैलाई नभएको बताएका हुन्।

‘माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई हामी ठेगान लाउन सक्छौँ दुई सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्नेहरू अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरू?’ विप्लवको प्रश्न छ।

उनले माओवादी जनयुद्ध गर्नेहरूलाई अपराधी भनेर व्याख्या गर्नेहरूमाथि पनि गम्भीर अभिव्यक्ति दिए। माओवादी आन्दोलनमा लागेकाहरू सबै एकजुट हुनुपर्ने बेला आएको पनि बताए।

प्रकाशित: २१ फागुन २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =