काठमाडौँमा दुर्गा प्रसाईँ समूहको प्रदर्शन

हिमाल प्रेस २० फागुन २०७९ १७:०२
6
SHARES
काठमाडौँमा दुर्गा प्रसाईँ समूहको प्रदर्शन

काठमाडौँ- संघीय राजधानी काठमाडौँमा दुर्गा प्रसाईँ समूहले प्रदर्शन गरेको‌‌‌‍ छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ नाम दिइएको समूहले शनिबार काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रर्दशन गरेको हो।

समूहले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखेको छ। त्यस्तै लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका माग उक्त समूहले राखेको छ।

व्यवसायी समेत रहेका प्रसाईँले प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित सभामा अहिलेका नेताहरूले देश बिगारेको बताए। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउन नागरिक एक हुनुपर्ने उनको भनाइ थियो।
उनले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई धेरै दुःख दिएको प्रसाईँको भनाइ थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको प्रदर्शन भैरहवालगायतका विभिन्न ठाउँमा सकेर शनिबार काठमाडौँमा गरिएको हो।

प्रकाशित: २० फागुन २०७९ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =