‘मेरो भ्वाइस युनिभर्स र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरु

हिमाल प्रेस १९ फागुन २०७९ ११:४३
18
SHARES
‘मेरो भ्वाइस युनिभर्स र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरु

काठमाडौँ- ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरु भएको छ। अहिले नेपालको विभिन्न सहरमा अडिसन भइरहेको छ। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो भइरहेको छ।

दमक अडिसन फागुन २० र २१ मा इँटाभट्टास्थित श्री सरस्वती मध्यमिक विद्यालयमा भएको थियो। काठमाडौँ अडिसन फागुन २७ र २८ मा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना हुनेछ।

अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर आउनुपर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौँमा आएर स्टुडियो अडिसन दिनुपर्नेछ। साथै विदेशबाट सहभागी हुन चाहनेले ‘माई इन्ट्रा’ एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन्।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागिता जनाउन पर्नेछ। त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थिति जनाउनुपर्नेछ। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको थियाे। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्नेछ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत गायकगायिका छन्।

‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। ‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १९ फागुन २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =