‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन भोलिदेखि सुरु

हिमाल प्रेस ३ चैत २०७९ १२:४२
4
SHARES
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन भोलिदेखि सुरु

काठमाडौँ- ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन चैत ४ र ५ मा काठमाडौँ, सामाखुसी कपुरधारास्थित नवोदित कलेजमा हुनेछ। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो आयोजना हुने भएको छ।

अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज देखाउनु पर्नेछ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौँ अडिसनमा सहभागी हुनेछन्। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्नेछ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत गायकगायिका छन्। ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको संस्था हो। जसले नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने काम गरिरहेको छ। साथै फाउन्डेसनले आफ्ना परियोजनामार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका मानिसलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

फाउन्डेसनले ‘मेरो भ्वाइस यूएसए’ र ‘मेरो डान्स यूएसए’ गरी दुई फरक रियालिटी शो आयोजना गर्दै आएको छ। जुन क्रमशः दुई र चार सिजन सफलतापूर्वक सञ्चालन भएका छन्। फाउन्डेसनले निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ। फाउन्डेसनका अनुसार कक्षाबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन्।

त्यसैगरी फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायमा फुटबल, क्रिकेट, भलिबललगायत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =