‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन चैतमा

हिमाल प्रेस २४ फागुन २०७९ ११:५४
8
SHARES
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन चैतमा

काठमाडौँ- ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को काठमाडौँ अडिसन चैत ४ र ५ मा हुने भएको छ। यसअघि फागुन २७ र २८ मा हुने भनिएको काठमाडौँ अडिसन एक साता पर सरेको हो।

प्राविधिक कारणले अडिसन एक हप्ता पछाडि सरेको आयोजक इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले जनाएको छ।

अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज देखाउनु पर्नेछ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौँमा हुने अडिसनमा सहभागी हुनेछन्।

विदेशबाट सहभागी हुन चाहनेले ‘माई इन्ट्रा’ एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी हुनुपर्ने आयोजकले जनाएको छ।

त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थिति जनाउनुपर्नेछ। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको थियो। अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्नेछ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत गायकगायिका छन्।

‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: २४ फागुन २०७९ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =