२४ घन्टाभित्र पशुपतिका अतिक्रमित संरचना हटाउन निर्देशन

हिमाल प्रेस १९ फागुन २०७९ ११:३०
4
SHARES
२४ घन्टाभित्र पशुपतिका अतिक्रमित संरचना हटाउन निर्देशन काठमाडौँ महानगर

काठमाडौँ-  काठमाडौँ महानगरले २४ घन्टाभित्र पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको छ।
महानगर टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताएका हुन्।

कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।

यसैगरी पशुपति क्षेत्रमा २० बढी सटर दर्ताबिनै सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ। धर्मशालाले नक्सापासबिनै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरको भनाइ छ।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो।

सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

प्रकाशित: १९ फागुन २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =