नाकामा तरकारी परीक्षणको प्रस्ताव फिर्ता गरेर कालीमाटीमा प्रयोगशाला अनुगमन

हिमाल प्रेस १८ फागुन २०७९ २०:५३
58
SHARES
नाकामा तरकारी परीक्षणको प्रस्ताव फिर्ता गरेर कालीमाटीमा प्रयोगशाला अनुगमन

काठमाडौँ- नाकामा तरकारी तथा फलफूल परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍बाट फिर्ता गरेको खुलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा प्रयोगशाला नै अनुगमन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वय र कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको नेतृत्वमा सरकारले बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी परीक्षण प्रयोगशालाको अनुगमन गरेको हो।

यसअघि भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा परीक्षणका लागि बनाइएको मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको बुधबार खुलेको थियो। त्यसपछि कृषि तथा पशुपञ्छि विकास मन्त्रलयको समेत जिम्मेवारी लिएका प्रचण्डको पहलमा बिहीबार कालीमाटीमा प्रयोगशालाको अनुगमन गरिएको हो।

अनुगमन टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको हो। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको मन्त्रालयले जानकारी दिएको छ।

कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरिक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूना परीक्षण गर्दै आएको छ।

अनुगमन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीका बारेमा प्रतिवेदन पेस गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिइएको सहसचिव पराजुलीले जानकारी दिए।

केन्द्रीय कृषि प्रयोगशालामार्फत हाल कालिमाटीका अतिरिक्त देशका सातवटा स्थानमा प्रयोगशालामार्फत तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको मन्त्रालयको भनाइ छ । केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशभर प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी हुनेगरी सञ्चालन गर्न कार्ययोजना बनाइने मन्त्रालयको भनाइ छ। राससको सहयोगमा

प्रकाशित: १८ फागुन २०७९ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =