सुवास रेग्मीविरुद्धको अनुसन्धानमा सघाउने संगीतसम्बन्धी ६ संस्थाको प्रतिबद्धता

हिमाल प्रेस १८ फागुन २०७९ १३:३८
12
SHARES
सुवास रेग्मीविरुद्धको अनुसन्धानमा सघाउने संगीतसम्बन्धी ६ संस्थाको प्रतिबद्धता

काठमाडौँ- विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध परेको उजुरीमा संगीतसम्बन्धी ६ संस्थाले समर्थन जनाएका छन्।

स्रष्टा र सर्जकहरूलाई सामाजिक सञ्जालमार्फत अपमानजनक व्यवहार र अफवाह फैलाउने कार्य गरेको भन्दै उनीहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै रेग्मीको कार्यप्रति खेद प्रकट गरेका छन्।

गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाज नेपालले सामाजिक सञ्जालमार्फत स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरो भोटाहिटीमा दिएको उजुरीप्रति समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ। रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको भन्दै उनीहरूले न्याय निरुपणका लागि सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन्।

गत फागुन ८ गते प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्याण्डबाट नेपाल आउने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको थियो। उनी अहिले प्रहरी हिरासतमा छन्।

प्रकाशित: १८ फागुन २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =