बैतडीमा ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु

हिमाल प्रेस १८ फागुन २०७९ १०:५८
1.8k
SHARES
बैतडीमा ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- बैतडीमा कार्यरत एक प्रहरीको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट सलेनामा कार्यरत प्रहरी सहासक हवल्दार नवीन चौधरीको ड्युटीमा रहेको समयमा मृत्यु भएको हो।

बुधबार साँझ ड्युटीमा रहेकै बेला उनी एक्कासी ढलेका थिए। त्यसपछि उनलाई उपचारका लागि नजिकैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकाराज जोशीका अनुसार अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन्। ‘हिजो साँझ ड्युटीमा हुँदा एक्कासी ढलेको हो। लगत्तै पाटन स्वास्थ्य केन्द्रमा पुर्‍याइयो,’ उनले हिमालप्रेससँग भने,’डाक्टरले केहीबेरमै मृत घोषणा गरिहाले।’

जोशीले चौधरीका आफन्त आएपछि पोस्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिए।

 

प्रकाशित: १८ फागुन २०७९ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =