पृथ्वीबहादुर शाहबाट ठगिए ५६ विदेशी नागरिक

हिमाल प्रेस १७ फागुन २०७९ १६:२७
2
SHARE
पृथ्वीबहादुर शाहबाट ठगिए ५६ विदेशी नागरिक

काठमाडौँ- ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिकी नागरिकलाई ठगी गरेको पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाह र उनका सहयोगी मिलेर विभिन्न कम्पनी खडा गरेर ठगी गरेको जनाएको हो।

ब्युरोका अनुसार नेपालको कानुनविपरीत विदेशी मुद्रासमेत भित्र्याएको खुलेको छ। विदेशी नागरिकसँग एन्टिभाइरस, बिल भुक्तानीलगायतका सम्बन्धमा सम्पर्क स्थापित गरेर ठगी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।

अवैधरूपमा ठगी गरिएको रकम थाइल्याण्डसमेत पठाउने गरेको पाइएको ब्युरोका  प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए। पीडित व्यक्तिहरूबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर, २२ हजार पाउण्ड र तीन लाख ४० हजार क्यानडियन डलर ठगी गरिएको देखिएको उनले बताए।

ब्युरोले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सुझाव दिएको छ।

प्रकाशित: १७ फागुन २०७९ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =