२५ गतेदेखि बुध्द एयरले पोखरा-भद्रपुर उडान गर्ने

हिमाल प्रेस १७ फागुन २०७९ १५:२१
4
SHARES
२५ गतेदेखि बुध्द एयरले पोखरा-भद्रपुर उडान गर्ने फाइल तस्बिर।

काठमाडौँ– बुध्द एयरले फागुन २५ गतेदेखि पोखरा-भद्रपुर उडान गर्ने भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुध्द एयरका ४ जहाज रात्रिकालीन पार्किङमा राखिएका हुन्छन्।

ती विमानले बिहान पोखराबाट ४ स्थानमा उडान भर्नेछन्। पोखराबाट काठमाडौँ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेको छ। २५ गतेदेखि पोखराबाट भद्रपुरका लागि बिहान ६:१५ मा विमान उड्नेछ।

भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६:५५ मा उडान हुने जनाइएको छ। हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ। पोखरा-भद्रपुरको भाडा ९ हजार ६८५ तोकिएको छ।

यसका साथै बुध्द एयरले २५ गतेदेखि पोखरा विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ।

प्रकाशित: १७ फागुन २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =