धनगढी उडेको बुध्द एयरको विमान बीचबाटै काठमाडौँ फर्कियो, एयरपोर्टमा रोकिए प्रधानमन्त्री

हिमाल प्रेस २९ असोज २०८० १९:१४
10
SHARES
धनगढी उडेको बुध्द एयरको विमान बीचबाटै काठमाडौँ फर्कियो, एयरपोर्टमा रोकिए प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँबाट धनगढी उडेको बुध्द एयरको विमान खराब मौसमका कारण काठमाडौँ नै फर्किएको छ।

अपराह्न ४ः४० मा काठमाडौँबाट उडेको फ्लाइट नं २५५ को विमान धनगढी अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको हो। उक्त विमान साँझ ६ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

भारी वर्षाको कारण बुध्द एयरको विमानलाई फिर्ता पठाइएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए। उनका अनुसार पानी पर्न कम भएपछि साँझ ६ः१० मा श्री एयरलाइन्सको विमान भने धनगढी अवतरण गरेको छ। ६ः३० मा उड्नुपर्ने उक्त विमान ७:१५ सम्म पनि उड्न सकेको छैन।

विमान उड्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत यात्रु धनगढी विमानस्थलमै राेकिएका छन्। भारी वर्षाका कारण यतिबेला नेपालगञ्ज विमानस्थलमा पनि उडान, अवतरण हुन सकेको छैन।

प्रकाशित: २९ असोज २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =