साताको पहिलो दिन नेप्सेमा सामान्य वृद्धि

हिमाल प्रेस १४ फागुन २०७९ १६:०४
4
SHARES
साताको पहिलो दिन नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको छ। गत साता निरन्तर घटेको नेप्से परिसूचक आईतबार सकारात्मक देखिएको हो। आईतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२५ अंक घटेको छ। आईतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचक सकारात्मक देखिएको छ। लघुवित्त वित्तीय संस्थाहरूको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

लघुवित्त उपसमूहको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन्। व्यापार उपसमुहको सूचक १.४० प्रतिशतले घटेको छ।

प्रकाशित: १४ फागुन २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =