आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल प्रेस १३ फागुन २०७९ १९:५७
10
SHARES
आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

काठमाडौँ- त्रिभुवन आर्मी क्लब मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै विभागीय टिम आर्मीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

भद्रपुरस्थि मेची रंगशालामा आर्मीलाई विजयी बनाउन चेतन केसीले आतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। निर्धारित ९० मिनेटभित्र दुवै टिमबाट गोल नभएपछि खेल आतिरिक्त समयतिर धेकलिएको थियो।

त्यसपछि खेलको १०१ औँ मिनेटमा चेतनले सन्तोष केसीको फ्रिकिकबाट आएको बललाई जाली चुमाएका थिए। अब आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल मंगलबार हुनेछ।

शनिाबरको खेलमा प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए। पुरस्कार स्वरुप उनलाई नगद २० हजार रुपैयाँ दिइयो।

गोल्डकपको विजेताले नगद १३ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइनेछ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित: १३ फागुन २०७९ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =