राष्ट्रपति निर्वाचनपछि जसपा सरकारमा जान्छ : उपेन्द्र यादव

हिमाल प्रेस १३ फागुन २०७९ १२:१७
12
SHARES
राष्ट्रपति निर्वाचनपछि जसपा सरकारमा जान्छ : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। एमालेबाहेकको गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार पाएपछि जसपा अध्यक्ष यादवले आफ्नो पार्टीलाई सरकारमा सहभागी हुन कुनै समस्या नहुने बताएका हुन्।

राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने देखिएसँगै उनले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताए।

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘राजनीतिक परिवर्तन भएको छ। अब जसपा पनि सरकारमा सहभागी हुन्छ। सरकारमा सहभागिताको कुरा राष्ट्रपति निर्वाचनपछि हुन्छ।’ उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए। जसपासहितको गठबन्धनबाट राष्ट्रपति पदमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्दैछन। एमालेले भने सुवास नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

 

प्रकाशित: १३ फागुन २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =