‘कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन’

हिमाल प्रेस ९ फागुन २०७९ २१:५२
6
SHARES
‘कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन’ बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

गोरखा- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन्। नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा गोरखा सदरमुकाममा मंगलबार आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका हुन्।

क्षेत्रीले बै‌किङ क्षेत्रमा तरलताको समस्या देखिएको अवस्थामा पनि लघुवित्त संस्थाले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गर्नु सकारात्मक रहेको टिप्पणी गरे। ऋणीले जुन प्रयोजनका लागि ऋण लिएका छन् सोही प्रयोजनअनुसार काम गरेमा ऋण तिर्न र किस्ता बुझाउन समस्या नहुने पनि औंल्याए। ‘कर्जाको सही सदुपयोग हुने अवस्था आउने हो भने धेरै समस्या नै आउँदैन’ उनले भने, ‘कर्जाको उचित सदुपयोग गर्नेतर्फ ऋण लगानी गर्ने संस्था र ऋणी दुवै सचेत हुनुपर्छ।’

लघुवित्तका ग्राहक सदस्यलाई कर्जाको सही सदुपयोग गर्न आग्रह गर्दै उनले कर्जा दुरुपयोग गर्दा लगानी डुब्ने अवस्था आउने पनि औंल्याए।

नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नविना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर लिएर ज्यादती गरेको भन्दै उद्योगी व्यवसायीले कर्जा मिनाहा गर्न माग गरिरहेका छन्।  -राससकाे सहयाेगमा

प्रकाशित: ९ फागुन २०७९ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =