मेस्सीको निर्णायक गोलमा पीएसजीको रोमाञ्चक जित

हिमाल प्रेस ७ फागुन २०७९ २०:०९
24
SHARES
मेस्सीको निर्णायक गोलमा पीएसजीको रोमाञ्चक जित

काठमाडौँ- आतिरिक्त समयमा लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा आइतबार साँझ लिलमाथि ४–३ को रोमाञ्चक जित हात पारेको छ। छैटौँ स्थानको लिललाई हराउन मेस्सीले फ्रिकिक गोल गरेका थिए। फ्रेन्च लिगमा जारी मेस्सीले गरेको यो ११ औँ गोल हो।

यो जितपछि पीएसजीले शीर्षस्थानमाथि आठ अंकको अग्रता कायम गरेको छ। पीएसजीले २४ खेलबाट ५७ अंक बटुलेको छ भने दोस्रो स्थानको मार्सेसँग ४९ अंक छ। यद्यििप मार्सेले पीएसजीभन्दा एक खेल कम खेलेको छ। तेस्रो स्थानमा रहेको मोनाकोसँग ४८ अंक छ।

लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको पीएसजीले लिगमा १८ औँ जित दर्ता गरेको हो। पीएसजीका लागि यो जित महँगो साबित भयो। किनभने दोस्रो हाफको ५१ औँ मिनेटमा घाइते भएपछि नेयमारले मैदान छाडेका थिए। पीएसजीका लागि किलियान एम्पाप्पेले गोलको खाता खोल्दा असिस्ट मिलाएका नेयमार कुर्कुच्चाको चोटका कारण मैदान छाड्न बाध्य भएका थिए।

नेयमारको चोटबारे तत्काल केही जानकारी आएको छैन। तर उनले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग गुमाउनु पर्ला कि भनेर पीएसजी चिन्तित भएको हुनुपर्छ। पहिलो लेगमा पीएसजी बायर्न म्युनिखसँग पराजित भएको थियो। दोस्रो लेगका लागि पीएसजी मार्च ८ मा बायर्नको मैदान पुग्नेछ।

घरेलु मैदानमा पीएसजीले दुई सिजनअघिको च्याम्पियन लिलमाथि ११ औँ मिनेटमा अग्रता लिएको थियो। एम्बाप्पेले गोलको खाता खोलेको ६ मिनेटपछि नेयमारले गोल गरेका थिए। तर २४ औँ मिनेटमा बाफोडे डियाकाइटले गोल गरेपछि लिलले खेलमा फर्कने संकेत गरेको थियो।

दोस्रो हाफको ५८ औँ मिनेटमा जोनाथन डेभिडले पेनाल्टी गोल गरेपछि लिलले खेल २–२ को स्थितिमा पु¥याएको थियो। बराबरी गोल गरेको ११ मिनेट नबित्दै लिलले पहिलो पटक अग्रता लियो। यसपटक जोनाथन बाम्बाले गोल गरे। ८७ औँ मिनेटमा एम्बाप्पेले जारी सिजनको १५ औँ लिग गोल गरेपछि खेल ३–३ को अवस्थामा पुग्यो। त्यसपछि मेस्सीले खेल सकिनै लाग्दा गोल गरे। यो उनका लागि फ्रेन्च लिगमा ११ औँ गोल थियो।

प्रकाशित: ७ फागुन २०७९ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =