पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल जारी छ : मन्त्री किराती

'यति एयर दुर्घटनाको रिपोर्ट चाँडै आउँछ'

हिमाल प्रेस ४ फागुन २०७९ १५:३३
12
SHARES
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल जारी छ : मन्त्री किराती पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै मन्त्री किराती। तस्बिर- विजय उत्सव/हिमाल प्रेस

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न देशसँग कुटनीतिक पहल भइरहेको बताएका छन्। बिहीबार पोखरामा पत्रकारहरूसँग बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन्।

अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक तवरबाट पहल भइरहेको उनको भनाइ छ। उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतको कोलकोत्तालगायतका सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए।

उनले विमानस्थल कसरी चलाउन सकिन्छ भन्नेबारे नागरिक उड्डयन प्राधिकरणलाई कार्ययोजना ल्याउन पनि आफूले निर्देशन दिएको उल्लेख गरे। नेपालका सबै विमानस्थलहरू दैनिक कम्तीमा १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीहरूलाई विजेनश प्लान ल्याउन आग्रह गरेको बताए।

यति एयर दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले हिजोमात्रै दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरेको जनाउँदै अन्तिम रिपोर्ट आइसकेपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने बताए।

अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि उडान सुरु भएको देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल डेढ महिनायता आन्तरिक उडानमै सीमित छ। गत १ माघको यति एयर दुर्घटनाले यहाँको पर्यटनमासमेत ठूलो धक्का लागेको छ।

विमानस्थलका १७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =