‘अर्थतन्त्रको समस्या समाधान गर्न आर्थिक नीति पुनरावलोकन गर्दैछौँ’

हिमाल प्रेस ३ फागुन २०७९ १३:०१
8
SHARES
‘अर्थतन्त्रको समस्या समाधान गर्न आर्थिक नीति पुनरावलोकन गर्दैछौँ’

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक नीति पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन्।

उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरेर निर्यात वृद्धि गर्न भए पनि आर्थिक नीतिको पुनरावलोकन गर्ने तयारी भइरहेको उनले बताएका हुन्।

‘आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्ने भन्दै आएका विषयहरू हुन्। तर अपेक्षाअनुसार नतिजा आएको छैन,’ उनले भने, ‘सबै समस्या समाधानको सन्दर्भमा सरकारले नीतिहरू परिमार्जन गर्ने, चाल्नुपर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएका छौँ।’

त्यस्तै अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई सरकारको कार्यक्रमको रूपमा लिएको बताए। नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको उनको भनाइ छ।

‘साझा न्यूनतम कार्यक्रममा समेटिएका विषयहरू चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने हो भने सम्भव छैन,’ उनले भने, ‘तर नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको समयसीमा ५ वर्ष हो। यो पाँच वर्षको कार्यक्रममा अर्थतन्त्रका चुनौतीहरू पनि सामना गर्छौं। अर्थतन्त्रलाई सबल पनि तुल्याउँछौँ।’

उनले नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रमले समावेश गरेका कार्यक्रमलाई सरकारले कार्यान्वयन गर्ने सामर्थ्य आर्जन गर्ने पनि बताए। -न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित: ३ फागुन २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =