‘क्यान इन्फोटेक २०२३’ सम्पन्न

हिमाल प्रेस १ फागुन २०७९ १६:२९
4
SHARES
‘क्यान इन्फोटेक २०२३’ सम्पन्न

काठमाडौँ- कम्प्युटर एसोसिएन नेपाल (क्यान)ले आयोजना गरेको सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ सम्पन्न भएको छ। गत माघ २४ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको २८औं संस्करणको प्रदर्शनी आइतबार सम्पन्न भएको हो।

प्रदर्शनी तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ। ६ दिनसम्म चलेको प्रदर्शनीको अवलोकन सरकारी उच्चपदस्थ अधिकारी, कालाकार, विद्यार्थीलगायतले अवलोकन गरेका थिए।

प्रदर्शनीको अन्तिम दिन आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, पूर्वमन्त्री महेश बस्नेत, प्रतिधिसभाका सांसद दामोदर पौडेललगायतले अवलोकन गरेका थिए।क्यान इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया पाएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए।

‘क्यान इन्फोटेक २०२३’ को शीर्ष प्रायोजकमा सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स थियो। त्यस्तै एसोसिएट स्पोन्सरमा इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेट रहेको थियो। डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हुवावे टेक्नोलोजी–इन नेपला, फर नेपाल र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका थिए।

प्रदर्शनीको टिकेटिङ पार्टनर पेवेल, बैंकिङ पार्टनर कुमारी बैंक, इन्स्योरेनस पार्टनर आइएमई जनरल इन्स्योरेनस, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका थिए। त्यस्तै ट्रेनिङ पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्‍याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई-थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका थिए।

प्रदर्शनीमा १५० भन्दा बढी स्टलको सहभागिता थियो।

प्रकाशित: १ फागुन २०७९ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =