क्यान इन्फोटेक माघ २४ देखि

हिमाल प्रेस १२ माघ २०७९ १८:१५
6
SHARES
क्यान इन्फोटेक माघ २४ देखि

काठमाडौँ– कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले २८ औं संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि सञ्चालन गर्ने भएको छ। महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।

महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २४ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ। महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवि अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न
सकिने जानकारी दिए।

सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरूका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको बताउँदै प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरूको सहभागिता रहने उनले उल्लेख गरे।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने उनले बताए। क्यान इन्फोटेककै क्रममा हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने उनले जानकारी दिए।

काठमाडौँमा प्रदर्शनीलगत्तै सातवटै प्रदेशका मुख्य सहरमा क्यान इन्फोटेक मेला हुने महासंघले जनाएको छ। क्यानले सन् १९९५ देखि क्यान इन्फोटेक सुरु गरेको हो।

प्रकाशित: १२ माघ २०७९ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =