उन्मुक्तिको विश्वास जित्न रेशमको घर पुगे मुख्यमन्त्री

हिमाल प्रेस २८ माघ २०७९ ११:१२
6
SHARES
उन्मुक्तिको विश्वास जित्न रेशमको घर पुगे मुख्यमन्त्री फाइल तस्बिर

काठमाडौँ- गत बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका कमलबहादुर शाह विश्वासको मत लिने तयारीमा छन्। विश्वासको मतको मिति तोकिएको छैन तर संवैधानिक प्रावधानअनुसार नियुक्तिको ३० दिनभित्र लिनुपर्छ। सुदूरपश्चिमका लागि नागरिक उन्मुक्ति निर्णायक शक्ति हो।

उन्मुक्तिले मत नदिएकै कारण एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलको पद गयो। उनी अल्पमतमा परे र ३० दिन नटिक्दै सत्ताबाट बाहिरिए। शाह त्यही घटना दोहोरिने त्रासमा छन्। कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहको साथमा एकीकृत समाजवादी मात्र छ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले मत हाल्ने/नहाल्ने टुंगो छैन। त्यही कारण निर्णायक मानिएको उन्मुक्ति रिझाउनु पर्ने बाध्यता छ। यही कारण उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घरमा पुगेका छन्।

आज बिहानै शाहले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेटेका छन्।
मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो। ‘रेशमलाई छुटाउन पहल गर्छु। मैले सक्दो प्रयास गर्छु।’ मुख्यमन्त्रीले परिवारसँग भने।

रेशम भने टीकापुर हत्काण्डका दोषी भएको भन्दै केन्द्रीय कारागारमा थुनामा छन्। कारागारमै रहे पनि उनै रेशमले पार्टी चलाइरहेका छन्।

रेशमकै श्रीमती रञ्जीता श्रेष्ठ पार्टीकी अध्यक्ष हुन्। रेशमसहित टीकापुर हत्याकाण्डका बन्दीलाई मुक्त गर्नुपर्ने माग उन्मुक्तिले राख्दै आएको छैन।

यसअघि पनि सत्ता गठबन्धनले रेशम छुटाउन पहल नगरको भन्दै उन्मुक्ति रुष्ट बनेको थियो। सोही कारण मुख्यमन्त्रीमा मत दिएन र सरकार ढल्यो।

यता मुख्यमन्त्री रावललाई पनि विश्वासको मत पुर्‍याउन धौधौ छ। नेपाली कांग्रेस १९ र एकीकृत समाजवादीका ४ सांसद छन्। वहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। यदि उन्मुक्तिले साथ लिएमा मात्र शाहको सरकार जोगिन्छ।

प्रकाशित: २८ माघ २०७९ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =