सुदूरपश्चिम सरकारबाट माओवादीका दुई मन्त्री बर्खास्त

हिमाल प्रेस २२ फागुन २०८० १३:४६
24
SHARES
सुदूरपश्चिम सरकारबाट माओवादीका दुई मन्त्री बर्खास्त कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्री बर्खास्त भएका छन्।

मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।

मुख्यमन्त्री शाहले सरकारमा सहभागी रहेका नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई भने बर्खास्त गरेका छैनन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: २२ फागुन २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =