राष्ट्रपति हामीले जो भन्छौँ उही हुन्छ : केपी शर्मा ओली

हिमाल प्रेस २७ माघ २०७९ १७:३०
6
SHARES
राष्ट्रपति हामीले जो भन्छौँ उही हुन्छ : केपी शर्मा ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति आफूहरूले भनेकै व्यक्ति बन्ने दाबी गरेका छन्। शुक्रबार संघीय संसद्‌मा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनपछि बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति को बन्छ त भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै, ‘हामीले जो भन्छौँ उही बन्छ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा मतभेद छ। एमाले आफ्नो भागमा राष्ट्रपति परेको भन्दै आफूले सिफारिस गरेको व्यक्तिलाई नै बनाउने चाहमा छ भने माओवादी राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमा छ।

सञ्चारकर्मीले ओलीलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढल्यो नि भन्ने प्रश्नमा भने, ‘हेर्दै जाऔं।’ सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीका लागि प्रदेशसभामा विश्वासको मत नपाएका कारण सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको हो।

प्रकाशित: २७ माघ २०७९ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =