सत्तागठबन्धन जोगाउने एमाले सचिवालय बैठकको निष्कर्ष

हिमाल प्रेस २६ माघ २०७९ १७:२५
8
SHARES
सत्तागठबन्धन जोगाउने एमाले सचिवालय बैठकको निष्कर्ष फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेले सत्तागठबन्धन जोगाउन अधिकतम पहल गर्ने निष्कर्ष निकालेको छ। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो बसेको पार्टी सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धन जोगाउन चुनौतीपूर्ण रहेको तर यसलाई जोगाउन एमालेले अधिकतम पहल गर्ने बताए।

‘जनतामा बढ्न थालेको निराशालगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि सत्तागठबन्धन र सरकारलाई जोगाएर लानुपर्छ। यसका लागि धेरै चुनौती छन् तर टिकाएर लानुपर्छ,’ उनले भने।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा समीक्षा हुँदै जाने ज्ञवालीको भनाइ छ।

‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमतिअनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपर्थ्यो। उपयुक्त वातावरण बनाएर रास्वपालाई सरकारमा ल्याउने प्रयास जारी छ,’ उनले भने।

प्रकाशित: २६ माघ २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =