पर्यटन संसदीय समिति गठन गर्न सभामुखसमक्ष परिसंघको आग्रह

हिमाल प्रेस २४ माघ २०७९ १९:२६
4
SHARES
पर्यटन संसदीय समिति गठन गर्न सभामुखसमक्ष परिसंघको आग्रह

काठमाडौँ– नेपाल उद्योग परिसंघका प्रतिनिधिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा परिसंघको टोलीले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो।

परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन यूनियनले राखेको हवाई सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहललगायत विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएको छ।

परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत र नेपालको पर्यटन क्षेत्रमा अथाहा सम्भावना भएको बताइन्। उनले भनिन्, ‘यति हुँदाहुँदै पनि देशले पर्यटन क्षेत्रबाट अपेक्षाकृत फाइदा लिन सकेको छैन।’

सार्वजनिक तथा निजी क्षेत्रको खर्बौं लगानी भइसकेको पर्यटन उद्योगबाट राज्यले लाभ हासिल गर्नुपर्ने भन्दै त्यसका लागि नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति आवश्यक भएको उनले बताइन्

प्रकाशित: २४ माघ २०७९ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =