अस्थिर राजनीतिले विदेशी चलखेल बढ्यो : कमल थापा

हिमाल प्रेस २३ माघ २०७९ १५:४६
10
SHARES
अस्थिर राजनीतिले विदेशी चलखेल बढ्यो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले विदेशी चलखेल बढेको बताएका छन्। काठमाडौँमा सोमबार भएको एक कार्यक्रममा उनले दलहरू सत्ताको फोहोरी खेलमा लिप्त भएर विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

उनले स्थिरता, समृद्धि र परिवर्तनका लागि जनताले नेता चुने पनि दलहरू सत्ताको छिनाझम्टीमा आफूलाई केन्द्रित गरेकाले मुलुक थप संकटग्रस्त बनेको बताएका छन्। थापाले आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको बताए।

‘काम गरेर बाँच्न सकिने अवस्था छैन, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएको छ,’ उनले भने, ‘समस्याको समाधानभन्दा थप ब्रह्मलुट गर्न राज्यसत्ता अग्रसर भएको छ, यसबाट मुलुक झन् संकटको दलदलमा भासिएको छ।’

उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई उठाउन राप्रपामा नेपाल चाँडै सडकमा आउने बताए। उनले पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा अघि बढाउन नेता, कार्यकर्तालाई निर्देशन दिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: २३ माघ २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =