एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी पनि मधेश सरकारमा

हिमाल प्रेस २३ माघ २०७९ १५:२३
66
SHARES
एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी पनि मधेश सरकारमा

जनकपुरधाम- नेकपा माओवादी केन्द्र अन्ततः मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ। दुई मन्त्रालय लिने अडान लिएको माओवादी मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदा सहभागी भएको थिएन।

तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ पहल गरेपछि एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमत भएका छन्।

माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

यसअघि माओवादी केन्द्र मधेश प्रदेश संसद‍ीय दलका नेता भरत साहसमेत मन्त्री बन्ने लबिङ गर्दै आई रहेका थिए। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं माओवादी केन्द्रका संस्थापक नेताममध्येका एक रामवृक्ष यादवका छोरी सुनिता यादवलाई जसरी पनि मन्त्री बनाउने अडान लिएपछि साहपछि हटेका हुन्।

दुवै जनाले मंगलबार दिउँसो शपथ लिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित: २३ माघ २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =