दलका प्रमुख सचेतकहरूसँग प्रधानमन्त्रीको छलफल

हिमाल प्रेस २३ माघ २०७९ १०:०८
4
SHARES
दलका प्रमुख सचेतकहरूसँग प्रधानमन्त्रीको छलफल तस्बिरः रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन्।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने बिजनेसलगायतबारे दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।

बैठकमा संसद्‍मा सांसदहरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल भइरहेको छ।

प्रकाशित: २३ माघ २०७९ १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =