नेपाली सेनाले सुर्खेतमा गर्‍यो हतियार प्रदर्शनी र दौड

हिमाल प्रेस २१ माघ २०७९ १८:१०
20
SHARES
नेपाली सेनाले सुर्खेतमा गर्‍यो हतियार प्रदर्शनी र दौड

सुर्खेत– नेपाली सेनाको उत्तर पश्चिम पृतनालगायतका गणहरूले शनिबार सुर्खेतमा विभिन्न हातहतियार प्रदर्शनी गरेका छन्। उत्तर पश्चिम पृतनाद्वारा आयोजित रन फर युनिटी कार्यक्रमको अवसरमा सेनाले पाँच र १० किलोमीटरको दौडसहित विभिन्न हातहतियार प्रदर्शनी गरेको हो।

सेनाले प्रयोग गर्ने हातहतियार, विपद्को बेला उद्धारमा प्रयोग हुने सामग्रीहरू, वन्यजन्तु संरक्षणमा प्रयोग हुनेलगायतका सामग्रीहरू सर्वसाधारणलाई जानकारी गराउनका लागि प्रदर्शनीमा राखेको उत्तर पश्चिम पृतनाका प्रवक्ता मेजर रेनु शाहले बताए।

प्रदर्शनीमा राखिएका हातहतियारको परिभाषालगायत प्रयोग हुने ठाउँवारे बुझ्न आउनेहरूलाई सेनाले जानकारी गराएको उनले जानकारी दिए। सो प्रदर्शनीको कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले समेत अवलोकन गरेका थिए।

त्यसअघि रन फर युनिटीको प्रदेश प्रमुख तिकल परियारले उद्घाटन गरे। एकताका लागि दौड भन्दै सो कार्यक्रम गरिएको हो। पाँच किलोमीटर दौडतर्फ महिलामा बिमला कार्की प्रथम, समिता बुढा द्वितीय र अन्तिम बुढा तृतीय भए।

यस्तै पाँच किमोमीटर दौडको पुरुषमा अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र प्रकाश बुढा तृतीय भएका छन्। यस्तै १० किलोमीटर दौडको महिलातर्फ मन्जु रावत प्रथम, राज्यलक्ष्मी रावल द्वितीय र दीपा परियार तृतीय भइन् भने १० किलोमीटर दौडको पुरुषतर्फ दलबहादुर कुँवर प्रथम, भुवन राना द्वितीय र शेरबहादुर अधिकारी तृतीय भएको उत्तर पश्चिम पृतनाका प्रवक्ता मेजर रेनु शाहले जानकारी दिए।

विजेताहरूलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी हिरालाल जोशी, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाललगायत उपस्थित थिए।

प्रकाशित: २१ माघ २०७९ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =