सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्धको रिटको सुनुवाइ आज

हिमाल प्रेस २० माघ २०७९ ७:२१
2
SHARE
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्धको रिटको सुनुवाइ आज फाइल तस्बिर

काठमाडौँ- बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ शुक्रबार हुँदैछ।

बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदरगर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो।

प्रकाशित: २० माघ २०७९ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =